Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गणेश अधिकारी
१ जेठ २०७७ । गौरादह नपाले गोदाममा भण्डारण गरेको ५ हजार केजी चामल कुहिएर नष्ट भएको खबर थाहा पाउँदा अत्यन्तै दुःख र एक किसिमको आक्रोश पैदा भयो । यसले गौरादहका जनप्रतिनिधि कतिसम्म गैरजिम्मेवार रहेछन भन्ने कुराको पुष्टि गर्छ्र । यस्तो हदैसम्मको अकर्मण्यताको सबै मिलेर घोर भत्सर्ना गरौं ।

जनप्रतिनिधिको पर्यायवाची शब्द जनउत्तरदायी पनि हो तर यस्तो कुकृत्य देख्दैगर्दा यस्तो इतिहासकै महासंकटको घडीमा जनप्रतिनिधिको अर्थ र परिभाषा स्वयम् तिनै जनप्रतिनिधिलाई सोध्नुपर्ने भएको छ । यस्तो हदैसम्मको असक्षमता किन देखाइरहनु भएको छ तपाईंहरु ?

संघियताको तल्लो तहको बिँडो थामेको सरकारको जनप्रतिनिधि छानिदै गर्दा तपाईहरुले के ’म’ “मेरो“ लागि मात्रै भनेर सपथ खानुभएको थियो वा म सार्बजनिक हितको जुनसुकै पक्षमा निष्पक्ष, इमानदार,जनउत्तरदायी,पारदर्शी भूमिका मार्फत जनसेवामा समर्पित हुन्छु भनेर सपथ खानुभएको थियो ? कृपया आजको दिनमा सपथका ती प्रत्येक वाक्यको भाव,मर्म माथी कतै तपाईले प्रहार त गरिरहनुभएको छैन ?

जुनसुकै बेला स्थानीय सरकार जनताको निकट रहन्छ्र जनतालाई फस्ट सर्भिस डेलिभरी दिने भनेकै स्थानिय सरकार हो । स्थानीय निकायका मेयर,अध्यक्ष देखि वडा सदस्यसम्म जनताको घरदैलोमा पुगिरहनुपर्छ, तिनिहरुको चौबीसै घण्टाको खबरसंग जनप्रतिनिधि अपडेट भैरहनुपर्छ भन्ने जनप्रतिनिधि सब्दको भाव र त्यसले दिएको आदेस हो ।

हो यहाँहरुले संघियता लागु, कार्यान्वयन गर्ने चरणमा कतिपय स्थानीय कानुन,विधि निर्माण गर्दै जाँदा जिम्मेवारी र चुनौतीको बीच पैदा हुने रस्साकस्सिले यहाँहरुलाई असल शासन दिन केहि हद्सम्म सकस परेकै थियो । बिबिध कठिनाईका बाबजुद केहि हदसम्म राम्रा कामहरु पनि सम्पन्न भएका छन् जसलाई समाजले चिरस्मरण गरेकै छ ।

यति भन्दैगर्दा अहिले कोभिडको महामारी सँगै यहाँहरुको भूमिका झन बढी बोझिलो,चुनौतीपूर्ण,कार्यसंपादनमा गुणात्मक वृद्धि लगायत तपाईहरुसंग जनताले अभिभावकीय भुमिका खोजेको छ । अहिलेको अवस्थामा तपाईहरु प्रतिनिधि मात्रै होइन,कोभिड बिरुद्धको युद्धमा खटिने प्रतिनिधि लडाकु पनि हो ।

अक्सिजनको उपलब्धता सहित ३० बेडको आइसोलेसन सेन्टर स्थापना भएको समाचार सुनेर मैले सामाजिक संजालमा सेयर पनि गरेको थिए । भलै स्वास्थ उपकरण सहित एजजना मेडिकल अफिसर तथा अन्य स्वास्थ स्वयंसेवकहरुको अहिलेसम्म ब्यबस्था नभएको भन्ने समाचार छ । कोभिड नियन्त्रणमा नपाले नितिगत निर्णयदेखि ग्राउन्ड सर्भिस सम्म जनताले के अपेक्षा गरेको छ यसमा तपाईहरु गम्भीर रुपमा चुक्नु भएको छ जुन कुरा तपाईलाई तपाईंको अन्तरमनले भनिरहेको छ भन्ने कुरा हामी बुझ्छौं ।

अब यहाँ गंभिर प्रस्न उठछ कि राज्यको श्रोतबाट उपलब्ध भएको ५,००० केजी चामल त सडाएर कुहाइदिनु हुन्छ भने वा भएको चिजलाई समेत जोगाउन सक्नुहुन्न भने यहाँहरुले गरिब ,मजदुर,भोकमरिमा परिरहेका दुःखी पिडितको लगत संकलन गर्दै आगामी खाद्यान्नको जोहो तपाईहरुले कसरी गर्नसक्नुहुन्छ ?

तपाईंको कार्यक्षमता माथि गंभिर संका किन नगर्ने ? सडेर गएको ५,००० केजी चामलको जिम्मेवारी तपाईहरुले लिनुपर्छ कि पर्दैन ? यस्तै हो भने तपाईहरुको रोलक्रम अनुसार प्रत्येक जनप्रतिनिधिबाट त्यो खेर गएको चामलको क्षतिपूर्ति जनताले किन नभराउने ?

यस्ता अनगिन्ती प्रस्नहरुले तपाईँसँग उत्तर खोजिरहेको छ्र यस्ता प्रश्नबाट अब तपाईहरु कुनैहा लतमा भाग्न सक्नुहुने छैन । यदी भागिहाल्नु भयो भने पनि यी सयौं प्रस्नहरु आगामी निर्वाचनमा तपाईको अघि आएर फेरि ठिङ्ग उभिने छन् । म एउटा सचेत नागरिक गुण र दोसको आधारमा हरेक कुराको मुल्यांकन र विश्लेषण गर्छु । यो विचार पनि त्यसैको घोतक हो ।

अन्त्यमा असल नागरिकको हकमा तपाई कोही कसैले गरिब असहाय,भोकमरीमा परेकाहरूलाई मानबियताको आधारमा खाद्यान्न बितरण गर्दैहुनुन्छ । यद्यपी यो मानबीयता हो, भातृत्व हो,फेलोसिप हो तर हामी पनि एकपटक आफैलाई प्रश्न गरिहेरौं त कतै मानवीयताको नाममा हामिले जनप्रतिनिधि÷ स्थानिय निकायलाई अल्छे र गैरजिम्मेवार बनाइरहेका त छैनौं ?

आफ्नो मानवीय हृदयलाई फराकिलो त पार्नु नैं छ यद्यपि सार्बजनिक सरोकारका हरेक क्षेत्रमा चुस्त सेवा प्रदान गर्न स्थानीय जनप्रतिनिधिलाई दबाब दिऔं,अभिप्रेरित गरौं,जिम्मेवार बनाऔं ।

गौरादह झापा

तपाईको प्रतिक्रिया