Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

काठमाडौँ, ३० वैशाख २०७८ । कांग्रेस-माओवादी बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश नगर्ने टुंगोमा पुगेका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यस्तो जानकारी गराएको नेता गणेश साहले बताए ।

स्थायी कमिटी सदस्य साहका अनुसार कांग्रेस र माओवादी एमालेको झलनाथ खनाल र माधवुकमार नेपाल समूहले सहयोग नगर्ने निश्चित भएपछि बहुमतको सरकार गठनका लागि दावी नगर्ने निष्कर्षमा पुगेका हुन् ।

सोमबार संसदमा विश्वासको मत नपाएसँगै केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राष्ट्रपतिले संविधान धारा ७६ (२) अनुसार तीन दिनको समय दिएर विहीवार राती नौ बजेसम्म गठबन्धन सरकारको लागि आव्हान गरेकी थिइन् ।

कांग्रेस पदाधिकारी बैठकपछि बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले पनि बहुमतको सरकार बनाउन नसकिने निष्कर्षमा पुगेको बताए । उनले बैठकपछि पत्रकारहरुलाई भने, उपेन्द्र यादवजी त तयार हुनुहुन्थ्यो तर महन्थ ठाकुर राजेन्द्र महतोले हामी बहुमतको सरकारमा सहभागी हुँदैनौं र समर्थन पनि गर्दैनौं भन्नुभयो । माधव नेपालजीहरुको पनि निर्णय आएन ।

विपक्षी गठबन्धनले सरकार गठनको दावी नगर्ने भएपछि एमालेसँग अब सरकार गठनका लागि दुई विकल्प आएका छन् । जसपाको ठाकुर र महतो समूहको समर्थनमा ओलीले बहुमतको सरकारका लागि दावी पेश गर्ने सम्भावना पनि छ । यसो भएन भने ७६ (३) अनुसार ओली संसदमा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्नेछन् ।कान्तिपुरबाट साभार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments