Online Bichar
शनिबार, भाद्र २०, २०८३ | Saturday, September 5, 2026

झगेन्द्र खड्का
गौरीगंज, २९ वैशाख । झापाको गौरीगंज गाउँपालिका भित्र कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गाउँपालिका भित्र पूर्ण लकडाउन गर्ने निर्णय गरिएको छ। गौरीगंज गाउँपालिका भित्र हालसम्म संक्रमित संख्या ४४ पुगेको र संक्रमितको संख्या बढ्न सक्ने संभावनालाई मध्यनजर गरि आज बुधबार मध्यरात देखि जेठ ३ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए।

बुधबार बसेको पालिका स्तरीय सिसिएमसिको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो। भारतीय क्षेत्रमा भाइरस संक्रमण तिब्र रुपमा बढिरहेको र गौरीगंज गाउँपालिका भारतको बिहार सँग सिमना जोडिएकाले सिमाक्षेत्रबाट आवतजावतमा रोक लगाउनका साथै गाउँपालिका भित्र लकडाउनमा अनावश्यक हिडडुल बन्द गर्न लकडाउन गरिएको गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराए।

गौरीगंज गाउँपालिकामा बसेको बैठकले गौरीगञ्जमा संक्रमितहरुको संख्या बढ्दै गएकोमा संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरि संभावित संक्रमितहरुलाई पिसिआर परीक्षण गर्ने र जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको निषेधाज्ञा यथावत् राख्दै जिल्ला प्रशासन कार्यालय झापासँग सहमति लिइ पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ।

बैठकले अत्यावश्यक काम बाहेक गौरीगञ्ज गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण हाट बजार, पसल, बैँक, बित्तीय सँस्था , कार्यालय, सवारीसाधनहरु पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ।

त्यसैगरी लकडाउन अबधि भित्रमा संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरि संभावित संक्रमितहरुको पिसिआर वा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ ।लकडाउनको अबधि भित्रमा कुनै कार्यालय तथा संस्थाहरुले आफ्नो आन्तरिक काम गर्नु परेमा गाउँपालिका तथा सुरक्षा निकाय सँग अनुमति लिई आन्तरीक कामकाज गर्न सकिने निर्णय गरेको छ। आन्तरिक कामकाज गर्दा कार्यलयमा कम कर्मचारीहरुको उपस्थितिमा कामकाज गर्न पाउने निर्णय गरेको छ।

सिसिएमसि बैठकले निषेधाज्ञालाई थप कडाई गरि पूर्ण लकडाउन गर्ने निर्णय गरेपनि निर्माण सामग्री ढुवानी तथा बजार क्षेत्रमा भइरहेको निर्माण योजनाहरुको सम्बन्धमा भने कुनै निर्णय गरेको छैन।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments