Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

काठमाडौ, २८ वैशाख २०७८ । नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री श‌ंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका एमाले नेताले चौलागाईंको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

चौलागाईंले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना भएका थिए ।

दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित नेता चौलागाई‌ एमालेका पोलिटब्युरो सदस्यसम्म बनेका थिए ।

उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट निर्वाचित भएका थिए । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट उनी निर्वाचित भएका थिए । प्रदेशको चुनावपछि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रबल दाबेदार मानिएका थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी एमालेका प्रभावशाली नेतामा गनिन्थे ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments