Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

झगेन्द्र खड्का

गौरादह, १८ वैशाख । सहर बजार क्षेत्रमा धाराको पानीमा भन्दा बोतलको पानीमा आकर्षण बढ्दो छ । खानेपानी आयोजनाको पहुँच भएर शुद्ध खानेपानीको व्यवस्था भएका स्थानहारुमा पनि बजारमा मिलिनर वाटरको माग दिनानुदिन बढिरहेको छ।

गाउँ तथा शहरमा खानेपानीको ट्याङ्की निर्माण गरेर पाइप लाइन बिस्तार गरि शुद्ध खानेपानी बितरण भइरहदा बोतलमा प्याकेजिङ गरिएको मिलिनर वाटरको खपत पनि उत्तिकै बढिरहेको छ।

सर्वसाधारणलाई शुद्ध पिउने पनिको समस्या आउन नदिन बजार तथा भिडभाड हुने चौकहरुमा पनि सार्वजनिक धारा समेत जडान गरेको हुन्छ। त्यसैगरी कार्यलयहरुमा धारा जडान भएको भएता पनि बिभिन्न कार्यक्रम सेमिनार, गोष्ठिहरुमा मिनरल वाटरकै प्रयोग बढिरहेको छ ।

खानेपानी धारा र शुद्ध पिउने पानीको सहज पहँुच भएता पनि अधिकांशले सोख र सजिलोको रुपमा घरबाहिर बोतलको मिनिलर वाटर नै पिउने गर्छन्।

शुद्ध पिउने पानी न्युन शुल्कमा घर, अफिस तथा संघसंस्था धाराको पानी उपलब्ध भए पनि त्यसतर्फ मानिसहरुको आकर्षण भएको पाइदैन।

पछिल्लो समयमा ग्रामिण क्षेत्रमा पनि खानेपानी ट्याङ्की तयार गरि शुद्ध पिउने पानीको ब्यबस्था भएको छ।फिल्टर गरि पिउन योग्य बनाएको पानी धाराबाट बितरण गरिएको छ।धाराबाट बितरण गरिएको पानी प्रायः सबैतिर उपलब्ध भएको छ।बजारमा शुद्ध पिउने पानीको नाममा मिनिलर वाटर उतिकै खपत भइरहेको छ।

हराउदै ईनार

कुनै एक समयमा गाउँ घरमा पानी खान प्रयोग गरिने ईनार आजकाल हराउदै गएका छन।पानी निकाल्ने आधुनिक उपकरण बढ्दै जाँदा पुराना प्रबिधिहरु हराउदै गएका छन।आधुनिक प्रबिधिहरु नहुदा गाउँ घरमा पिउने पानीको रुपमा ईनारको पानी प्रयोग गरिन्थियो।पानी सबै प्राणीहरुका लागि आवश्यक छ।पानी नभई केही सम्भाव छैन।

पानी निकाल्न प्रयोग गरिने पुरानो प्रबिधि ईनार आजभोलि लोप हुने अवस्थामा पुगेको छ।पानीका लागि आधुनिक उपकरणको रुपमा टुबेल तथा धाराको व्यवस्था भएपछि ईनारको प्रयोग हराउदै गएको हो।बिगतका बर्षहरुमा पानी तान्ने अन्य प्रबिधीहरु आबिस्कार नहुदा अधिकांश मानिसहरुले पानीका लागि ईनार प्रयोग गर्ने गरेका थिए।मानिसहरुले ब्याक्तीगत रुपमा आफ्नो आँगनमा तथा सार्वजनिक स्थलमा समेत ईनार बनाउने गरेका थिए।

बलुवा ढुङ्गा सिमेन्ट प्रयोग गरिएको पक्की तथा काठको रिङ्ग भएको ईनार बनाएर पानीको प्रयोग गर्ने गरेका थिए। पानी निकाल्न प्रयोग गरिने ट्युबवेल भने अहिले पनि प्रयोग भइरहेको छ।खानेपानी धारा जडान गरेपनि टयुबवेल भने अहिले पनि सदावाहार चलिरहेको छ।पानी पिउनकालागि ट्युबेलको प्रयोग भईरहेपनि ईनार भने देख्न पाइदैन।

फाट्टफुट्ट कतैकतै ईनार देखिएपनि प्रयोग भने कमैमात्रामा भएको पाइन्छ।ईनारबाट पानी निकाल्न बाल्टिनलाई डोरीले बाँधेर ईनारबाट तान्नुपर्ने भएकाले पनि इनार बिस्थापित हुँदै गएको हो।ईनारबाट पानी तान्न सानातिना केटाकेटीलाई समस्या हुने भएको र पानी निकाल्ने अन्य सहज उपकरण तथा प्रबिधिहरु आउदा पुरानो प्रबिधि इनार बिस्थापित हुँदै गएको हो।

पानीको माग धान्दै बेला पानी उद्योग

झापाको कमल गाउँपालिकामा संचालित बेला पानी उद्योगले बजारमा भएको पानीको माग धानिरहेको छ।पानी उद्योगले ग्राहकको माग बमोजिमको पानी उत्पादन गरी बजारमा निकालेको पानीले ग्राहकको माग पूरा गरेको छ। उद्योगले उत्पादन गरेको पानी फिल्टर गरेर बजारमा निकालिएकाले पिउन योग्य भएको उद्योगको दाबी छ।

उद्योगले अहिले दैनिक ५ हजार कार्टुन पानी उत्पादन गरि बजारमा निकाली रहेको छ। कम्पनीले दैनिक ५ सय एम एलका बोतल र २ सय लिटरका जारमा पानी बजारमा निकालेका छ।डिप बोरिङ गरि निकालेको पानीलाई ह्यानी टिर्टमेन्ट गरेर आरोमेसिनबाट फिल्टर गरि शुद्ध बनाई पानीलाई अटो मेसिनबाट प्याकीङ गरि बजारमा निकालिएको उद्योगका प्रो। चिरञ्जीवी प्रसाईं बताउछन्।

पानीको गुणस्तर राम्रो भएकाले दैनिक उत्पादन भएको पानी सबै खपत भएको कम्पनीका मार्केटिङ मेनेजर भबिन्द्र भण्डारी बताउँछन्।उनका अनुसार उत्पादित पानी हालसम्म स्टोक नरहेको बताए।दैनिक उत्पादन भएको पानीलाई ल्याब परिक्षण गरिएको र उत्पादन भएको पानी ९ महिना सम्म उपभोग गर्न सकिने मेनेजर भण्डारी बताउँछन्।कम्पनीले ५५ जनालाई रोजगारीको अवसर दिएको छ।

कम्पनीले उत्पादन गरेको पानी हाल सम्म पुर्वाआन्चल भित्रका मुख्य बजारहरुमा पुगिसकेको र अन्य क्षेत्रमा पनि बिस्तार गरिने कम्पनीको लक्ष्य रहेको मेनेजर भण्डारीको भनाइ छ।आई एस ओ प्रमाणीकरण भएकाले उत्पादित पानीको पि. एच. रेन्च ८.५ रहेको कम्पनीको दाबी छ।सबै ग्राहकले पिउन मनपराएको पानी प्रति कार्टुन १ सय १५ का दरले कम्पनीले बिक्रीवितरण गरिरहेको भण्डारीले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments