Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

गौरादह, १२ वैशाख । धिमधिमे युवा क्लव गौरादहले २०७८ सालको भित्तेपात्रो क्यालेण्डर सार्बजनिक गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी गौरादह- ३ की १०१ बर्षीय जेष्ठ अभिभावक आमा बछलादेवी सुवेदीको हातबाट क्यालेण्डर सार्बजनिक गरिएको क्लबका अध्यक्ष प्रविण बस्नेतले जानकारी गराए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

जेष्ठ अभिभावक सुवेदीको निवासमा क्लबको कार्य समिति तथा सल्लाहाकार समिति सहितको उपस्थितिमा क्यालेण्डर सार्बजनिक गरिएको हो । स्थापनादेखि नै बिभिन्न रचनात्मक सामाजिक गतिबिधिमा सक्रिय धिमधिमे युवा क्लबले क्यालेण्डर प्रकाशन गरेर समाजमा आफ्नो पहिचान सहितको बलियो उपस्थिति जनाउन सफल भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले क्लबका सम्पूर्ण शुभेच्छुकहरु जसले क्लबलाई यहाँसम्म ल्याइपुर्याउन र क्यालेण्डर प्रकाशनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments