Online Bichar
शनिबार, जेठ ३०, २०८३ | Saturday, June 13, 2026

झापा, १२ वैशाख २०७८ । झापाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे कमल गाउँपालिका-४ सितापुरी चौक स्थितमा प्र १–०१–०१२ प १६०२ नम्बरको मोटरसाईकलले सोही स्थानका ६ बर्षीय बालक निश्चल खड्का ठक्कर दिई घाईते बनाएको थियो ।

घाईते बालकको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको छ ।

त्यस्तै झापाको बिर्तामोड२ रामचौक स्थित पुर्व–पश्चिम राजमार्गमा मे १० प ५५२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा-९ का ३० बर्षीय सुमन थापा र पछाडी सवार अर्जुनधारा-७ की २७ बर्षीया सुसना राई घाईते भई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको थियो ।

घाईते मध्ये सुसनाको उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको थियो भने अर्का घाईते सुमनको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments