Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

झगेन्द्र खड्का
गौरीगंज, ८ वैशाख । मुलुकभर दोश्रो चरणको कोरोना भाइरस सँक्रमणको जोखिम फैलिन थालेपछी झापाको गौरीगञ्ज गाउँपालिका भित्र रहेका सीमा नाकाबाट मानिसको आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ।

गौरीगंज गाउँपालिकामा मँगलबार बसेको गाउँपालिका स्तरीय सिसिएमसिको बैठकले नागरिकलाई भाइरसको जोखिमबाट सुरक्षित राख्न सिमानाकाबाट हुने आवतजावतमा रोक लगाउन जिल्ला प्रशासन कार्यलयमा अनुरोध गर्ने निर्णय गरेको छ।

छिमेकी मित्र राष्ट्र भारतमा कोरोना भाइरसको जोखिम बढेकाले सिमानाकाबाट आवतजावत बढेमा नेपालमा पनि संक्रमण बढ्न सक्ने खतरा बढेकाले सिमानाका बन्द गर्न सुझाव दिएका थिए।दक्षिणी क्षेत्रमा भारतसँग खुल्ला सीमाना रहेको र गौरीगंज गाउँपालिका भारतको बिहार सँग सिमना जोडिएकाले गौरीगंज गाउँपालिकाका सबै नाकाहरु बन्द गर्न जिल्ला प्रसाशन कार्यालय झापालाई अनुरोध गर्ने निर्णय गरेको छ।

सिसिएमसिका सँयोजक तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नागरिक सचेत भएमा भाइरसको संक्रमणबाट बच्न सकिने र सचेतताका लागि सबैलाई जानकारी गराउने निर्णय गरेको छ।

कोरोना सँक्रमणबाट नागरिकलाई जोगाउन सचेतनामूलक कार्यक्रम गर्ने, बिज्ञापन तथा माईकिङ् गर्ने, मास्क लगाउन, साबुन पानीले हातधुनका साथै सबै कार्यालयहरुमा स्वास्थ्यका मापदण्डहरु अनिबार्य पालना गर्न लगाउने , सबै विद्यालयहरुमा स्वास्थ्यका सबै मापदण्डहरु अनिबार्य पालना गर्न लगाउने लगायतका निर्णय गरिएको छ।

सिसिएमसिको बैठकले हाट बजारहरुबाट हुन सक्ने सम्भाबित जोखिमलाई मध्यनजर राख्दै हाट बजारहरुमा सामाजिक दुरि कायम गर्न लगाई सबै पसलहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्न लगाउने पनि निर्णय गरेको छ।होटल तथा रेष्टुरेन्ट लगायतका सबै व्यावसायहरु राति ८ बजे सम्म मात्र सञ्चालन गर्न दिने निर्णय समेत गरिएको छ।बैठकले सीमा क्षेत्रको आवश्यक पर्ने स्थानमा अस्थायी सुरक्षा पोष्टहरु थप गरि ब्यवस्थापन गर्ने समेत निर्णय गरेको छ।

गौरीगंज गाउँपालिका भित्र मुख्य नाका दुईवटा रहेपनि नेपाल भारत आवतजावत गर्ने ठूला साना गरि जम्मा १७ वटा सडक रहेका छन्।मुख्य नाका सहित अन्य सानातिना सडकहरुबाट पनि मानिसहरुको आवतजावत हुने गर्दछ।विशेष गरि व्यापार गर्ने व्यापारीहरुले मुख्य नाका भन्दा अन्य सानातिना सडकहरुको प्रयोग गर्ने गर्दछन्।

भारतीय क्षेत्रमा भाइरसको संक्रमण फैलिरहेको समयमा नेपाल भारत आवतजावत गर्दा नेपालमा पनि भाइरसको संक्रमण फैलिन सक्ने गौरीगंज गाउँपालिकाको सिसिएमसी बैठकले ठहर गरेको छ। सिमानाकामा कडाइका साथ रोक लगाउन सकेमा, नागरिकलाई सचेत गराउन सकेमा भाइरस सर्नबाट बच्न सकिने गौरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments