Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, २२ चैत २०७७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीमा १ लाख ७० हजारलाई राहत वितरण गरेको जनाएको छ ।

संघले उद्धार र राहत सम्बन्धी विवरण सार्वजनिक गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।

उद्धार र राहत वितरणमा पूर्ण रुपमा पारदर्शिता अपनाइएको पनि संघले जनाएको छ । संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको बताउनुभयो ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments