Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024
पत्रपत्रिकाबाट

जनकपुरधाम, ७ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन् । बाटोमा ‘ओभरटेक’ गर्न खोजिए कसैका लागि हितगर नहुने बताउँदै दाहालले सस्तो लोकप्रियताका लागि प्रदेश–२ लाई नमुना बनाउनतर्फ नलाग्न चेतावनी दिएका हुन् ।

मुख्यमन्त्रीकै अगाडि जंगिए दाहाल शिर्षकमा आजको राजधानी दैनिकले समाचार छापेको छ । प्रदेश २ को सदनबाट हालै पारित गरिएको प्रदेश प्रहरी ऐनका विषयमा बोल्दै अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् । दाहालले आफूखुसी अघि बढे पाएको अधिकारसमेत गुम्न सक्ने खतरा रहेको बताए ।

कार्यक्रम सहभागी भएका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशलाई निकै असहयोग गर्दै आएको गुनासो राखेका थिए ।

तपाईको प्रतिक्रिया