Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौं, १४ असार २०८३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र कार्यान्वयनबाट प्राप्त अनुभवको समीक्षा गरेर संविधान संशोधन गर्न सकिने बताएकी छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले संविधान संशोधन गर्दा ध्यान दिनुपर्ने बताइन् ।

नेपालमा प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताइन् । “संविधान संशोधनको सन्दर्भमा बेला–बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ,” उनले भनिन् ।

आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने बताइन् । साथै, उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउनुपर्ने बताइन् ।

 

तपाईको प्रतिक्रिया