Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

झापा, १४ असार २०८३ । ठाउँ–ठाउँमा पहिरो गएपछि मेची राजमार्गमा यातायात अवरुद्ध भएको छ । आज बिहान ५ः३० बजे इलाम रोङ गाउँपालिका-४ डुमी चोकस्थित मेची राजमार्गमा वर्षाका कारण सडकको भित्ताको ढिस्को र सखुवा जातको रुख झरी सवारी साधन आवत–जावत बन्द भएको हो । प्रहरी चौकी किटेनीबाट प्रहरी टोली खटिएको र बाटो खुलाउन स्थानीय निकायसंग आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै गएराति ११ः४० बजे इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण लेदोसहित पहिरो झरेपछि सवारी साधन आवत–जावत अवरुद्ध भएको छ । उक्त सडकखण्ड पूर्णरुपमा बन्द भएको प्रहरीले जनाएको छ । त्यहाँ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी टोली खटिएको र बाटो मर्मतको लागि स्थानीय निकायसंग आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया