Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

प्रदिप धमला
२६ फागुन २०७७
सम्मानित सर्वोच्च अदालतले गत फागुन २३ गते मुलुकको राजनैतिक इतिहासमा एउटा अविस्मरणीय फैसला सुनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको भएको फैसला सर्वोच्चले सुनाउदै पूर्व एमाले र माओवादि केन्द्रलाई ब्युँउताईदिएको छ ।

अहिले नेता तथा कार्यकर्ताहरु आफूलाई मन परेको पार्टीमा जाने होडबाजी चलेको छ । पार्टीका पुर्व एमाले र माओवादी केन्द्र बीचका नेताहरु पनि आमने सामने हुन पुगेका छन् । केन्द्र देखि स्थानिय तह सम्म पार्टी कार्यालयमा पार्टीको बोर्ड परिवर्तन गर्न थालिएको छ ।

हाल केन्द्रबाट पार्टी कार्यालयमा बोर्ड परिवर्तन गर्नु भनि निर्देशन आइसकेको छ । मुलुकका सबै पार्टी कार्यालयमा नयाँ बोर्ड त राखियो तर अब हरेक नेता तथा कार्यकर्तामा नयाँ सोच र बिचार राखियो राखिएन त्यस तर्फ समग्र नेता कार्यकताले ध्यान दिनु पर्ने भएको छ । मुलुक अब नयाँ तरिकाबाट अघि बढ्नु पर्ने खाँचो छ ।

जनतामा धेरै निरासा उत्पन्न भैसकेको अबस्थामा अबको पार्टीले गर्ने नेतृत्व तथा कामबाट नेपाली जनताको निरासामा परेको मनलाई अब आसाको किरणमा परिवर्तन गर्नुपर्ने छ । मुलुकमा धेरै राजनैतिक परिवर्तन भईसकेका छन् , राजनैतिक अस्थिरताले लामो समय मुलुक धरासाही बनाएको छ । अब उठ्नु छ , हिंड्नु छ र दौडिनु आवश्यक छ ।

सबै नेता तथा कार्यकताले आफुले गरेको गल्ती महसुस गरी खराब प्रवृतिलाई छोडेर नयाँ शैलिबाट अघि बढ्नु पर्ने अबको प्रमुख उद्देश्य बनेको छ । जसरी हतार गरेर पाटी कार्यलयमा बोर्ड परिवर्तन गर्न थालियो त्यसरी नै हरेक नेता तथा पाटी कार्यकर्ताले पुरानो, खराब, सोच बिचार, कार्यशैली, दम्भ, स्वार्थीपना छोड्नु पर्ने अपरीहार्य रहेको छ । तब मात्र यो मुलुकको उन्नति र प्रगति को ग्यारेन्टी हुन सक्छ ,अनि माात्र यो मुलुकको भाग्य र भविष्य सुध्रिन सक्छ ।

तपाईको प्रतिक्रिया