झापा, १५ फागुन २०७७ । देशभर आज थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३५ महिला ४६ पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको जनाइएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ जना पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय २४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २१ लाख ६० हजार ४ सय ४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ६२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ९ सय ६७ जना बिरामी उपचाररत रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या २ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनको संख्या २ हजार ७ सय ७३ पुगेकोे मन्त्रालयले जनाएको छ ।






