Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, ४ फागुन २०७७ । गौरादह-१ स्थित गणेश टोलमा रहेको ढुण्डिराज गणेश मन्दिरको शिलान्यास गरिएको छ। २०७१सालमा स्थापना भएको गणेश मन्दिरको भवन जिर्ण अवस्थामा पुगेकाले मन्दिरको नयाँ भवन निर्माणका लागि श्री पञ्चमीको अवसर पारेर (आज)मंगलबार शिलान्यास गरिएको हो। मन्दिर प्राङ्गणमा औपचारिक कार्यक्रमका बिच विशिष्ट अतिथि मचिन्द्र विष्टले शिलान्यास गरेका हुन्।

स्थानीय स्तरबाट आर्थिक संकलन गरि निर्माण गरिन लागिएको मन्दिरको भवन ब्राम्हण विधिबाट पुजा अर्चना गरि शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो।मन्दिर भवन निर्माणकार्यका लागि स्थानीयबासीहरु आर्थिक संकलन गर्न उत्सुक रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर दाहाल(गणेश)ले जानकारी गराए।

स्थानीय चन्द्रा बिष्टले नि:शुल्क दान दिएको १ कठ्ठा जग्गामा निर्माण गर्नु लागेको नयाँ भवनका लागि मचिन्द्र विष्टले २ लाख नगद प्रदान गर्नु भएको छ भने, चन्द्रा विष्टले ५० हजार, कृष्ण खड्काले ५० हजार र कृष्ण कुमार कार्कीले ५० हजार दिने घोषणा गरेको अध्यक्ष दाहालले बताउनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर दाहाल(गणेश)को सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी,ज्येष्ठ नागरिक संघ गौरादहका अध्यक्ष गोपाल प्रसाद काफ्ले, दुर्गा मन्दिर गौरादह सल्लाहकार प्रेम कुमारी घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए।

गणेश मन्दिर निवर्तमान अध्यक्ष बिमला खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा निर्मल बाँस्तोलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments