Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, २५ माघ । गौरादह नगरपालिका वडा नं -७ मा रहेको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाका अध्यक्ष छत्र प्रसाद चुडालको निधन प्रति सोक सभा समपन्न गरेको छ। संस्थाका अध्यक्ष चुडालको मिति २०७७ साल माघ १२ गते निधन भएको थियो।

चुडालको निधन भएको १३ औ पुन्य तीथिका दिन संस्थाले आफ्नै कार्यलयको सभाहलमा श्रद्धाञ्जली सहित सोक सभा गरेको हो।समाज सेवामा अग्रणी भुमिका निर्वाह गर्दै आएका चुडाल २०७६ साल भाद्र २८ गते भएको संस्थाको २० औं साधारणसभाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए।

सोकसभामा बोल्दै अधिकांश बक्ताहरुले स्व। चुडालले समाजमा पुर्याएको योगदान चर्चा गर्दै संस्थाले एउटा पाङ्ग्रा गुमाएको धारणा राखेका थिए। साधा जीवन उच्च बिचार भन्ने मान्यतालाई अंगिकार गरेर सबैको भलाईको कामना गर्ने, मिलनसारका साथै समयमा काम सम्पन्न गर्नु पर्छ र प्रत्येक काममा पारदर्शिता हुनुपर्छ भन्ने मान्यता राख्ने चुडालको जुरोपानी बासिहरुले उच्च मुल्यांकन गरेको धारणा राखेका थिए।

साबिक जुरोपानी क्षेत्रमा बसोबास गरेर यस क्षेत्रमा रहेका अधिकांश सरकारी तथा संघ संस्थाहरुमा आवद्ध रहेर काम गर्दै सफल जिम्मेवारी निर्वाह गरेकाले अब बाँकी काम आफूहरुको जिम्मामा आएको बक्ताहरुले धारणा राखेका थिए।

सोकसभा कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अमर बहादुर बिष्ट, वडा नं -८ का वडाध्यक्ष भूमिराज पोख्रेल, साना किसान कृषि सहकारी संस्था जुरोपानी अध्यक्ष नवराज लुइँटेल, प्रगति मा।बि। जुरोपानीका प्रधानाध्यापक डिल्लीराम अधिकारी, ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्थाका पूर्ण प्रताप राजवंशी, संस्थाकि महिला उपसमिति संयोजक टीका देबि घिमिरे, निवर्तमान उपाध्यक्ष कृष्णहरि थपलिया, पुर्व सचिव डिएन कडरिया,नमुना अंग्रेजी मा.बि.का भक्त भण्डारी लगायतले धारणा राखेका थिए।

संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अरुण कुमार शाहको सभापतित्वमा सम्पन्न सोकसभा कार्यक्रममा संस्थाका सचिब सूर्यभक्त सिटौलाले कार्यक्रमको संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया