Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, १४ माघ २०७७ । गौरादह जेसीजको नवौं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार गौरादह बजारमा सम्पन्न भएको छ । जेसीज वर्ष २०२१ का अध्यक्ष एकराज घिमिरेलाई जेसीज वर्ष २०२० का अध्यक्ष जेसि तारा कुमार श्रेष्ठले पद हस्तान्तरण गर्नुभयो । जेसीजको पुष १८ गते भएको नवौं साधारण सभामा भएको चुनावी प्रक्रियाबाट जेसि एकराज घिमिरे निर्वाचित हुनुभएको थियो ।

२०२० का अध्यक्ष तारा कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विज्ञापन मार्फत आर्थिक सहयोग गर्नुहुने माछापुच्छ«ेहोटलका प्रोपाइटर जीवन चापागाई, तेज ईटाका प्रोपाइटर तथा वडा नं.९ का वडा अध्यक्ष सीताराम भट्टराइ, प्रश्ना फिर्डका प्रोपाइटर तथा शुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष प्रकाश कार्की, कन्काई ग्यास उद्योगका निर्देशक तथा उद्योग वाणिज्य संघ गौरादहका अध्यक्ष जे.बी. कार्की, फेवा ल्युबका निर्देशक भरत फुयल, आइ.एम.इ का शाखा प्रबन्धक डिवेन्द्र रिजाल, गौरादह जेसीजलाई सचिवालय नि:शूल्क उपलब्ध गराए बापत नव दुर्गा फेवा ल्युबका प्रोपाइटर तथा उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य भुपाल कट्वाललाई सम्मान गरेको थियो ।

त्यसअवसरमा जेसीजको सक्रिय सदस्य पुरस्कार जेसी सुमन दाहाल, उत्कृष्ट कार्यक्रम संयोजक पुरस्कार जेसि युवराज बास्तोला र स्टार अफ द यर जेसी सरिता कट्वाल कार्कीलाई प्रदान गरिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल जेसीजका राष्टिय अध्यक्ष अरुणेश्वर खनालले जेसीज सबै जना अट्ने छाता संगठन रहेकाले युवाहरुलाई सामाजिक क्षेत्रमा काम गर्दै पारीवारिक सम्बन्ध कायम राखेको बताउनु भएको छ ।

कार्यक्रममा गौरादह जेसीज २०२० का उपाध्यक्ष सरिता कट्वालले जेसीज आस्था पाठ वाचन गर्नुभएको थियो भने, जेसीज २०२० का उपाध्यक्ष दुर्लभ कार्कीले मिसन भिजन पाठ वाचन गर्नुभएको थियो । गौरादह जेसीज वर्ष २०२० का अध्यक्ष तारा कुमार श्रेष्ठले वर्ष २०२१ का अध्यक्ष एकराज घिमिरेलाई शपथ ग्रहण गराउनु भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया