Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ९ माघ २०७७ । र्किते नागरिकता बनाइ दिएको आरोपमा पक्राउ परेका प्रशासकीय अधिकृत धरौटीमा रिहा भएका छन् । अन्य दुई जनालाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गैर नेपालीलाई नागरिकता दिएको आरोपमा प्रहरीले इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रशासकीय अधिकृत धनञ्जय साह, कार्यालय सहयोगी आसिर आलम र गौरादह नगरपालिका-७ का कृष्ण तिम्सिनालाई पुस ११ गते पक्राउ गरेको थियो ।

झापा जिल्ला अदालत भद्रपुरले शुक्रवार प्रशासकीय अधिकृत साहलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गरेका छन्। उनीसँगै पक्राउ परेका कार्यालय सहयोगी आलम र तिम्सिनालाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । अधिकृत साहलाई अदालतमा उपस्थित हुने गरी तारेखमा छोडिएको जनाइएको छ ।

गौरादह नगरपालिका-७ नम्बर वडा कार्यालयको किर्ते छाप र वडा अध्यक्ष बलराम खरेलको किर्ते हस्ताक्षर गरी उनीहरूले तीन जना तिब्बतीलाई नेपाली नागरिकता प्रमाणपत्रका दिएको आरोप लागेको थियो । कार्तिक २८ गते ती नाम गरेका मानिसहरूले काठमाडौँमा पासपोर्टका लागि वडा कार्यालयमा कागजात पेस गरेपछि उनीहरूको नागरिकतामाथि शङ्का लागेपछि किर्ते घटना प्रमाणित भएको थियो ।

सर्वधन राईले नक्कली बाबु बनेर छोराहरू विशाल राई, अमृत राई र छोरी दीपिका नाममा नागरिकता अनुसूचीमा सनाखत गरिएको देखिन्छ । नागरिकताको अनुसूची १ भरी कार्तिक २७ गते वडा कार्यालयबाट लगिएको तर कार्यालयमा त्यसको कुनै अभिलेख छैन । नक्कली बाबु भनेर सनाखत गरेका राई र उनका छोराछोरी वडाका बासिन्दा नभएको र उनीहरूले बनाएको किर्ते नागरिकतामा ठेगाना पुरानो जुरोपानी गाविस वडा नम्बर ८ खुलाइएको थियो ।

 

तपाईको प्रतिक्रिया