Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ८ माघ २०७७ । टयाक्टरमा २५०० केजि चिनि लुकाएर लाँदै गरेको अवस्थामा गौरादहका २ जनालाई नियन्त्रणमा लिएकोे छ । बिहान ९ः४५ को समयमा गौरीगंज-३ पानिटेंकी स्थित गौरीगंजबाट गौरादहतर्फ जाँदै गरेको अवस्थामा गौरादह नगरपालिका-३ का चालक २४ वर्षिय गोपि किङ्कु र सह चालक सुबित खत्रीलाई ईलाका प्रहरी कार्यालय गौरीगंजले नियन्त्रणमा लिएको हो ।

टयाक्टरको अगाडि पट्टि मे.१ त ४५८७ र पछाडि टलिको भागमा मे.१ त ५२१९ नम्बर लेखिएको सोनालिका कम्पनिको टयाक्टरमा ५० केजि परिमाण भएको ५० बोरा गरी २५०० केजि चिनि र माथिल्लो भागमा राखिएको भुजा २१ बोरा बराबरको सामान नियन्त्रणमा लिई बरामद चिनि, टयाक्टर, चालक र सहचालकलाई नियन्त्रणमा लिई मेची भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिईएको २५ सय केजी चिनी र भुजासमेत गरि ५ लाख ७० हजार रूपैयाँ बराबरको सामान बरामद गरेको गौरीगंज प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया