Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ७ माघ । गौरादह नगरपालिका वडा नं-८ स्थित अरुणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक र एक शिक्षकको बिदाइ गरिएको छ। विद्यालयका प्रधानाध्यापक नर बहादुर कार्कीको उमेर हदका कारण अनिवार्य अवकाश भएको र शिक्षक दिल कुमारी राजवंशी स्थायी नियुक्ति लिई गौरीगंज आधारभूत विद्यालयमा सरुवा भएपछि दुबै शिक्षकलाई बिदाई गरिएको छ।

नर बहादुर कार्की २०४३ साल साउन २६ गते देखि सोहि विद्यालयमा नियुक्ति भई शिक्षक पेशामा प्रबेश गरेका थिए। २०४४ साल असार २५ गते देखि सोहि विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी समालेका कार्कीको २०७७ जेठ ६ गते अनिवार्य अवकाश भएको थिए।२०६८ साल असार ९ गते सोहि विद्यालयमा राहात शिक्षक पदमा नियुक्ति भएकी राजवंशी २०७६ साल पौष एक गते देखि गौरीगंज आधारभूत विद्यालयमा स्थायी नियुक्ति लिएकी थिईन।

प्रधानाध्यापक कार्कीको गत जेठ महिनामा अनिवार्य अवकाश भएपनि कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएपछि र शिक्षक राजवंशीको गत पौष महिनामा सरुवा भएपनि दुबै जनालाई एकै साथ बिदाइ गर्ने निर्णय गरेकाले केही समय ढिलाइ भएको थियो।

बिदाई हुने प्रधानाध्यापक कार्की र शिक्षक राजवंशीलाई विद्यालयले औपचारिक कार्यक्रम गरि दोसल्ला ओढाई सम्मान पत्रका साथ उपहार सहित बिदाई गरेको छ। प्रधानाध्यापक कार्कीको अनिवार्य अवकाश पछि शिक्षक झगेन्द्र बहादुर खड्काले विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी समाल्दै आएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य प्रसाद दाहालको सभापतित्वमा बिदाई कार्यक्रम सम्पन्न भएको थियो। बिदाई कार्यक्रममा शिक्षक ईन्द्र बहादुर कट्वाल, तिल बत्ती राजवंशी र बिदाई हुने प्रधानाध्यापक नर बहादुर कार्कीले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा शिक्षक पबित्रा बस्नेतले स्वागत मन्तब्य राखेकी थिइन।

तपाईको प्रतिक्रिया