Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ५ माघ २०७७ । झापाको दमकमा चार वटा सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा अटो चालक मोरङ जिल्ला उर्लाबारी ४ निवासी ५० वर्षीय देवेन्द्र बुढाथोकी र सोही अटोमा सवार ४२ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार पूर्व– पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ४ तारावारि भन्ने ठाउँमा एम्बुलेन्स, ट्याम्पो अटो, मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा अटोमा सवार सुनसरीको इनरुवा ७ निवासी २४ वर्षीय सौजन मगर, दमक ४ निवासी २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक २ निवासी २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् । घाइते तीनै जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च १२४६ नम्बरको एम्बुलेन्स र पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १ – ०१– ००३ ह ६२४ नम्बरको अटो ए आपसमा ठक्कर खाएको थियो । एम्बुलेन्स भन्दा पछाडि रहेको को ११ प ९५२५ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २५ प १९३३ नम्बरको स्कुटर पनि त्यही आएर ठोक्किएको थियो ।

 

तपाईको प्रतिक्रिया