झापा, २७ पुष २०७७ । झापा दमकको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी-४ छाप्रा नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको झापाका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बारेको टिनको छाना भएको एकतले छाप्रामा के कुन कारणले अचानक आगलागी हुँदा प्यारालाइसिसको बिरामी भई घरभित्रै सुतिरहेका छाप्राधनि राईको घट्ना स्थलमा नै जलि मृत्यु भएको जनाइएको छ । सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो ।

उक्त आगलागीबाट छाप्रा, छाप्रा भित्र रहेको १ तोला सुन, १० तोला चाँदी, नगद रु.तिन लाख, खाद्यान्न तथा लत्ताकपडा पुर्णरुपमा जलि नष्ट भई ८ लाख बराबरको क्षति भएको जनाइएको छ ।

आगलागी स्थानीय नागरीक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा राती ८ः१५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ । मृतक लाशको सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागी दमक अस्पताल दमक पठाईएको जनाएको छ । आगालागीको कारणबारे थप अनुसन्धान भईरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

Comments