Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

ढुण्डिराज गुरागाईं (चन्दु)

तिमी संस्कृति संस्कृति भनिरहन्छौ
तर म भन्छु
संस्कृतिले त सयौंथरी
फूलमा सुगन्ध छर्नुपर्छ ।

तिमी कला कृतिका कुरा
घरी-घरी गरिरहन्छौ
तर म भन्छु
हाम्रो कला कृतिले
नयाँ आविष्कारका
अबिचलित चित्र कोर्न पर्छ ।

तिमी कयन पटक
बुझ्नै नसक्ने गरी धर्मका कथा भन्छौ
तर म भन्छु
हाम्रो धर्म हरेक मष्तिष्क र मुटुका
स्पन्दन बधगर्ने हैन
प्रति तन तनमा
सेवाको नयाँ भावना
जागृत गर्ने हुनुपर्छ ।

तिमी रीत र परम्पराका
आफू अनुकुलअनेकन् भाषा बोल्छौ
तर म भन्छु
हाम्रो रीत परम्परा
विभेद र अन्तर हिंसाका
थिति बसाल्ने हैन
ओजपूर्ण सुन्दर गौरबका
नुतन आयाम थापन गर्ने हुनुपर्छ।

तिमी शान्ति शान्ति भन्दै
शान्ति र अमनका पाठ घोकी रहन्छौ
तर म भन्छु
हाम्रो शान्तिले केवल मुर्दा शान्ति झैं
असरल्ल भ्रान्ति हैन
हरेक क्षण बुद्वत्व रोप्नु पर्छ ।

तिमी हरपल बिकाश र सम्बृद्धिका
बिटुला हस्तलिपीहरू
प्रक्षेपण गरिरहन्छौ
तर म भन्छु
हाम्रो सम्बृद्धि बधशाला भित्र
मुर्झाईएका मुर्दा झैं हैन
दुरदर्शी प्रणबाट जन जनमा
अपनत्व महसुस हुनु पर्छ।

तिमी शुक्ष्म स्टेशनबाट
तिम्रा नियम कानुन र आचरणका
पाठ संचार गरिरहन्छौ
तर म भन्छु
नियम कानुन आचरणका
शुक्ष्म स्टेशनहरूबाट पढाईने
पाठ हैन
यो त हरपल हरक्षण
तिमीले गर्ने कर्तब्य र ब्याबहारको
सेतुमा सपाट परीक्षण हुन पर्छ।

तिमी ठूल ठूला जक्सनका धुरीमा बसेर
समानता र आदर्शको दर्शनका
ढ्याङ्राराहरु ठटाई रहन्छौ
तर म भन्छु
तिमीले धुरीमा बसेर ठटाएको
समानता रआदर्शको ढाया्ङ्ग्रो
कुरी कुरी हुनेगरी
अवगुणमा हैन
हरेक भुईं मान्छे उभिएको
यथार्थ धरातलमा हुन पर्छ ,

हो तिम्रो ब्यबहारिक रूपान्तरण
हरेक भुईंमान्छे उभिएको
यथार्थ धरातलमा हुन पर्छ ।

म भन्छु
हरेक भुईं मान्छे उभिएको
यथार्थ धरातलमा हुन पर्छ।

तपाईको प्रतिक्रिया