Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

शान्ति सुब्बा
गौरादह, ३ असोज २०७७ । गौरादह नगरपालिकाले कार्यालय परिषरमा राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय संविधान दिवस मनाएको छ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी गरिएको दिनलाई राष्ट्रिय संविधान दिवसका रुपमा यो दिवस मनाइदै आएको छ।

संविधान जारी भएको दिनले राष्ट्रिय महत्वलाई झल्काउँदै सबै जातजाति, बहुभाषी र समुदायबीच एकता र सद्भाव कायम गर्नुका साथै राष्ट्रको हितमा सुशासन कायम गर्न र समतामूलक समाजको निर्माण गर्न संविधान सफल भएको गौरादह नगरपालिकाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष रोहित कुमार शाहले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

५ औं संविधान दिवस २०७७ को अवसरमा आयोजित राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । सो अवसरमा नगर प्रमुख शाहले राष्ट्रिय झण्डा फहराउनु भएको थियो ।

यस्तै, नगर प्रमुख शाहले नेपाली जनताको दशकौं लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै यसको जगेर्ना र समृद्धितर्फ ध्यान दिन सबैलाई आग्रह समेत गर्नुभयो ।

सो अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोक्तर प्रगतिको कामना समेत गर्नुभयो । यस अवसरमा ज्ञात, अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शहिदहरुले राष्ट्रको लागि गरेका त्याग र बलिदानको बारेमा सम्झना समेत गरिएको थियो । उक्त अवसरमा आज र भोली घर घरमा दिप प्रज्वलन गरि यो दिवस मनाउन सबैमा अनुरोध समेत गरिएको छ ।

सोही अवसरमा गौरादह नगर उप प्रमुख गीता भेट्वालले शुभकामना मन्तव्य राख्नुहुँदै अहिले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरु शहिदहरुको त्याग र बलिदान नै हो भन्दै, सबै समुदायका धर्म, संस्कृति, भाषा, रहनसहनहरुको हामीले संरक्षण गर्दै सम्मान गर्दै अझ मजबुत पार्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा गौरादह-४ का वडाध्यक्ष मणिन्द्र कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगरपालिकाका प्रमुख रोहित कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन, ट्राफीक प्रहरी लगायतको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया