Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

पत्रपत्रिकाबाट
काठमाडौँ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको भौगोलिक संवेदनशीलता अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थिलथिलो बनेकोमा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ, त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु ।”

सिन्धुपाल्चोक जिल्लाका कतिपय गाउँमा पटक पटक पहिरो गई ठूलो मात्रामा जनधनको क्षति भएपछि राष्ट्रपतिले आइतबार सरकारको ध्यानाकर्षण गराउँदै सो आग्रह गर्नुभएको जानकारी राष्ट्रपतिको सचिवालयले दिएको छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा आइतबार घटनास्थल पुगी त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।
यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा पहिरोले धेरै क्षति पु¥याएकाले भूगर्भविद्हरूले आँैल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । आजको गोरखापत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments