Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

झापा, १७ वैशाख २०८३ । जंगली हात्तीको आक्रमणमा परी झापामा आमा–छोरी गम्भीर घाइते भएका छन्। बुधबार(हिँजो) राति करिब ८:३५ बजे मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिकै बस्ने ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यबद्रा बज्राचार्य आफ्नै घरको बराण्डामा बसिरहेका बेला अचानक जंगली हात्तीले आक्रमण गरेको हो।

हात्तीले दुवै जनालाई बराण्डाबाट तानेर केही परसम्म घिसार्दा उनीहरू गम्भीर घाइते भएका छन्। घटनापछि दुवैको खुट्टा चल्न नसक्ने अवस्थामा रहेको भए पनि बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ। घाइते आमा–छोरीलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया