Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

मोरङ, २५ भदौ २०७७ । प्रदेश १ सरकारले आइसोलेसन केन्द्र व्यवस्थापनका लागि स्थानीय तहलाई १ करोड १० लाख बजेट उपलब्ध गराएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालनका लागि उक्त रकम निकासा गरेको मुख्यमन्त्री शेरधन राईले बताए । उनका अनुसार मोरङको सुनवर्षी, रतुवामाई नगरपालिकालाई १०/१० लाख, धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई ५/५ लाखका दरले बजेट उपलब्ध गराइएको छ ।

यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० लाख, झापाको गौरीगन्ज र कमल गाउँपालिकालाई ५/५ लाख, इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख बजेट उपलब्ध गराएको राईले बताए ।

सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरस्थित आइसोलेसन केन्द्र व्यवस्थापनका लागि १० लाख बजेट उपलब्ध गराएको हो ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments