Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

इन्द्र नेउपाने

दारि कपाल काट्न
नभ्याए जस्ता
कांधमा एउटा झोला
सेतो शिसाभएको चस्मा
कुनै फेसन नगरिएका लवज
सरल र मृदुभाषी
प्रेम पूर्ण बोली
कसिला मुठि उठाउंदै
हंसिलो मुहार लिएर
केही मानिसहरू आउथे हाम्रा गाउंमा
त्यो समयमा।

देश बनाउनु पर्छ भन्थे
शासन बदल्नुछ भन्थे
आफूलाई
कामरेड भन्थे
हामीलाईपनि कामरेड भन्थे
झुट बोल्न हुन्न भन्थे
जनतानै इश्वर होभन्थे
धेरै भयो नभेटेको
निक्कैभयो नदेखेको।

कता होलान
ती मानिसहरू आजकल

म तपाईकै छोरा हो भन्थे
म परिवर्तनको सम्वाहक हो भन्थे
गरिवको सपना

देशको उज्यालोहो भन्थे
म अन्तिम यूद्द हो भन्थे
म सत्य हो

बिजय हो भन्थे ।

तानाशाहाको बर्बर दमन चिर्दै
गर्भिलो छाति लिएर
मुक्तियुद्धको
गौरवशालि लडाई लड्दै
कता पुगेका होलान ?
ती मानिसहरू आजकल ?

के तपाईले भेटनुभाछ ?
उनिहरूलाई।।।।
तपाईले कतै देख्नु भाछ ?
उनिहरूलाई

नमरीनबाँचेका भए
जेलमा हुननी सक्छन्
कतै पिरमा हुननी सक्छन्
कतै बिखलबन्द पर्ननी सक्छन्
तपाईले देख्नु भो भने
या ,
कदाचितभेटनु भो भने
भन्दिनुस् है।

पिर नगर रे
तिमीले बास बसेको घर
जहींको तेहीं छ
तिमीलेसुतेको ओछ्यान उस्तैछ
तिमीले ओछ्याएको भान्साको पिरा
जस्ताको तस्तै छ चुलामा
कमरेड ।

हामीलाई तिम्रो मांया छ
पोख्रेल दाई कुरागरिरहनु हुन्छ
बा,आमाहरूसोधीरहनु हुन्छ
नानीहरू ठूला भएरपनि
बिदेश गाछन्

हो सांच्चै माया छ ,कामरेड हामीलाई
यदी समय मिल्छ भने
अप्ठेरो हुंदैन भने
एकछाक खाना खान

एकरातबास बस्न
आउनुस् हाम्रो बस्तिमा
तपाईका मिठामिठा सपनाहरूसुन्न
अहिले पनि हामी
चारैतीर
सेन्ट्रि राखेर
तपाईकोस्वागतमा हांजीर छौं
आखिर सपना बुन्नु र कुरा सुन्नु त रहेछ।

अन्तिम एकपटक
सर्वहारामुक्ति र देश निर्माणको कथासुनेर
दरिला हातहरूमिलाउंदै
भन्न मन छ
लाल सलाम कामरेड !!

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments