Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २० भदौ २०७७ । झापाको कमल गाँउपालिकामा लागुऔषध सहित दुइ जना पक्राउ परेका छन् । कमल-७ का दुई जना लागुऔषध सहित पक्राउ परेका हुन् । । पक्राउ पर्नेमा ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङ रहेका छन ।

हिजो बेलुका साढे ७ बजे केर्खा चौक स्थितमा मे१ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनिहरुले बोकेको झोला खोलेर हेर्दा लुकाई छिपाई राखिएको १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन फेला पारी बरामद गरिएको हो । पक्राउ परेका उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।सवाल नेपाल

 

तपाईको प्रतिक्रिया