Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

कमल, ९ भदौ २०७७ । कमल गाउँपालिका द्वारा निर्माणाधिन अवस्थामा रहेको आईसोलेसन सहितको क्वारेन्टाईन यहि भदौ अन्तिम साता देखी सन्चालनमा आउने भएको छ ।
गाउँपालिकाले वडा नम्वर-५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माण गर्दै गरेको क्वारेन्टाईको निर्माणकार्यको काम धमाधम भैरहेकोले यही भदौ अन्तिम साता सम्ममा सम्पन्नहुने गाउँपालिकाले जनाएको छ ।

निर्माणाधिन क्वारेन्टाईनमा ५० वेडको हुनेछ । जसमा महिला, पुरुष र आईसोलेसन वेड छुटाछुट्टै हुनेछ यसका साथै किचन र गार्ड रुम सहित ५ वडा व्लकको आईसोलेसन सहितको क्वारेन्टाईको निर्माण कार्य धमाधम भैरहेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

नयाँ भवनको निर्माणकार्य सम्पन्न हुनासाथ गाउँपालिकाको वडा नम्वर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयमा रहेको क्वारेन्टाईलाई तुरुन्त स्थानान्तर गरिने समेत गाउँपालिका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

यसैबीच, कमल गाउँपालिकामा भदौ १३ गते मध्यरात सम्म लागुहुने गरि निषेधाज्ञा लागू गरिएको छ । कोरोना सङ्क्रमित बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले एक प्रेस बिज्ञप्ती जारी गर्दै निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाभरि गाउँपालिकाभर अतिआवश्यकीय खाध्यान्न लगायतका पसलहरु निश्चित समय खोल्न पाउने गरि समय तोकिएको छ ।एम्बुलेन्स, सरकारी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा पास भएका सवारी बाहेक अन्य सबै सवारीसाधनलाइ रोक लगाइएको छ । निषेधाज्ञा उलंघन गरे सङ्क्रामक रोग ऐन, २०२० र प्रचलित कानुन बमोजिम कारबाही गरिने बिज्ञप्तिमा उल्लेख गरेको छ ।
यहि भदौ ६ गते देखि लागू हुने गरि कमल गाउँपालिकाले लकडाउन गरेको थियो ।

तपाईको प्रतिक्रिया