Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २ भदौ २०७७ । गौरादह नगरपालिकाले कोरोना भाइरस(कोभिड-१९) को संक्रमण समुदाय स्तरमा फैलिएको अवस्थामा गौरादह वितरण केन्द्रमा सेवाग्राहीको भिडभाड देखिएकोले यसबाट कोरोना संक्रमण समुदाय स्तरमा अझ फैलिन सक्ने संभावना बढिरहेको भनि पत्र पठाएकोले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि आजको मिति बाट गौरादह विद्युत महसुल संकलन काउण्टर बन्द गरिएको सूचना जारी गरेको छ ।

गौरादह वितरण केन्द्रमा महसुल तिर्नेको अत्यधिक मात्रामा भिडभाड हुने र सिल गरिएको स्थानबाट समेत सेवाग्राहीहरु महसुल तिर्न आउने गर्ने भएकाले अझ जोखिम हुने साथै दमक विद्युत प्राधिकरणका कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिएकोले ति सबै कुरालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा बाहेक, महसुल तिर्ने लगायतका कार्यहरु हाललाई बन्द गरिएको जनाइएको छ ।

यस्तै, विद्युत महसुल भुक्तानी अनलाइन माध्यमबाट भने गर्न सकिने सूचनामा जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया