Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

वडाध्यक्षले किन गरे यस्तो प्रतिबद्धता ?

गौरादह, २ भदौ २०७७ । झापाको गौरादह नगरपालिका वाड नं ९ बैगुनधुरा जोड्ने मुख्य सडक बर्षौं सम्म पनि निर्माण अलपत्र हुँदा नगरपालिका संग सडक सम्बन्ध बिच्छेद हुने अवस्था भएको छ । गौरादह र बैगुनधुरा जोड्ने मुख्य सडक गौरादह–बैगुनधुरा– कोरोबारी सडक खण्ड निर्माण कार्यका लागि ठेक्का अवधि सकिए पनि सडक निर्माण सम्पन्न हुन नसक्दा नगरपालिका आवतजावतमा कठिनाइ भएको हो ।

मुख्य सडकहरु निर्माण लापरवाहिका कारण अस्तब्यस्त रहेकाले आपतकालिन अवस्थामा दमकल र एम्बुलेन्स समेत समयमा बैगुनधुरा पुग्न नसक्ने अवस्था रहेको वडाअध्यक्ष सिताराम भट्टराईले बताए । उनका अनुसार वडा भित्रका अन्य सहायक सडक र कलभर्टहरु भने वडाकै सिमित बजेटबाट निर्माण गरिएको र आवतजावतमा समस्या नरहेको जानकारी गराए ।

गौरादह नगरपालिका वडा नं – ९ ले वडा भित्र सम्पन्न भएका बिकाश निर्माणका काम र यस आर्थिक बर्षको वाड सिलिङ बजेटबाट गरिने विकाशका कामको बारेमा अन्तरक्रिया गरेका हुन् ।

स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएपछि वडा कार्यलयले ३ बर्ष सम्ममा वडा भित्र गरेका मुलभूत काम र यस आर्थिक बर्षको वडा स्तरीय विकासका योजनाहरु पत्रकार सम्मेलन मार्फत सरोकारवालाहरु सम्म पुर्याउन आवस्यक रहेको भट्टराईले बताए ।

वडा गतिबिधि सम्बन्धि पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भट्टराईले वडा भित्रका अन्य साखा सडकहरु बर्षायाममा समेत आवतजावतमा सहजता भएपनि मुख्य सडकका कारण वडा बासिहरुले कठिनाइ भोग्नु परिरहेको जानकारी गराए । गौरादह बैगुधुरा जोड्ने मुख्य सडक निर्माणका लागि नगरपालिका, सडक डिभिजन कार्यलयमा पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत सुनुवाइ नभएको पत्रकार सम्मेलनमा उनले बताए ।

गौरादह ९ साबिक बैगुनधुरा गाविसबाट गौरादह क्षेत्र जोड्ने सडक खण्डहरु बैगुनधुरा– ग्वालडुब्बा, बैगुनधुरा– हाँसखोरा, बैगुनधुरा – गौरादह बजार लगाएतका मुख्य सडकहरु खाल्डाखुल्डी परेर सवारी साधनहरु संचालन हुन नसक्ने अवस्थामा पुगेका छन् । गौरादह नगरपालिका भित्रका ९ वाट वडा मध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो वडा र साबिकको सिंगो गाविस नै एउटा वडा भएको तर वडा सिलिङ बजेट भने अन्य वडा सरह नै बिनियोजन हुने गरेको छ ।

अन्तरक्रियामा पत्रकारहरु संगको सवाल जवाफमा अध्यक्ष भट्टराईले नगरपालिकाले प्रत्येक बर्ष नगर गौरवको आयोजना भनेर सबै वडा जोड्ने चक्रपथ निर्माणका लागि बजेट बिनियोजन गर्ने गरेतापनि हाल सम्म चक्रपथ निर्माण कार्य सुरु नहँदा पनि बैगुनधुरा पूवाधार विकासमा पछाडि परेको बताए ।

वडाध्यक्षको प्रतिबद्धता
पत्रकार संगको अन्तरक्रियामा अध्यक्ष भट्टराईले निर्वाचित भएपछि गरेको प्रतिवद्धता अनुसार वडा नं ९ भित्र हाल सम्ममा ५५ प्रतिशत विकास निर्माणको काम सम्पन्न गरेको बताए । आफ्नो कार्यकाल भरिमा सो प्रतिबद्धता ९० प्रतिशत पुरा गर्ने अठाट रहेको उनले जनाए । नगरपालिकाबाट दिने यातायात, इन्धन र टिए. डिए आफूले हालसम्म नलिएको र कार्यकाल भरी नलिने समेत कार्यक्रममा घोषणा गरे ।

जनप्रतिनिधि निर्वाचित भएपछि निर्माण सम्पन्न योजनाहरु
वाड नं ९ भित्रमा हाल सम्म २४ किलोमिटर सडक स्तर उन्नती भएको, ५५ सय मिटर सडक ग्राभेल भएको, १३.७ कि.मी. कच्चि सडक निर्माण, १५ कि.मी. सडक मर्मत , ६ वटा कलभर्ट निर्माण, ९ वटा कलभर्टमा स्ल्याब निर्माण, बिद्युत विस्तार, खानेपानी, सिंचाई, शिक्षा, स्वस्थ्य, बजार ब्यवस्थापन, स्तम्भ निर्माण, मलामी बिश्राम गृह निर्माण, मठमन्दिर, खेलकुद लगाएतका क्षेत्रमा उल्लेख्य विकासका कामले गति लिएको वड अध्यक्षले जानकारी गराए ।

वाड सिलिङ बजेट कम भएको गुनासो
गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा गौरादह नगरपालिकाका ९ वटा वडा मध्ये क्षेत्रफलको आधारमा ठूलो वडा भएपनि नगरपालिकाबाट बिनियोजित वाड सिलिङ बजेट अरु वडाकै हाराहारीमा रहेको छ । वडा नं ९ को चार वटा आर्थिक बर्षमा जम्मा ४ करोड ५० लाख मात्र वाड सिलिङ बजेट बिनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया