Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

सुनसरी, ३१ साउन २०७७ । काठमाडौंमा भएको ४४औं सिनेट बैठकले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ । कांग्रेस कार्यकर्ता र प्रतिष्ठानभित्रैबाट व्यापक विरोधकाबीच बैठकले शुक्रबार उक्त निर्णय गरेको हो ।

बैठकले प्रतिष्ठानभित्रै ट्रमा सेन्टर र मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको छ । प्रतिष्ठानलाई आर्थिक वर्ष २०७७/२०७८ का लागि २ अर्ब ९८ करोड ६७ लाख रुपैयाँको बजेट पारित गरिएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीका अनुसार सिनेटले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षा र उपचारको क्षेत्रमा मुलुककै पहिलो विश्वविद्यालय बनाउने निर्णय पारित गर्दै कार्यदल गठन गरेको छ । रेग्मीले भने, ‘उपत्यकामा सीमित अंग प्रत्यारोपण अब प्रतिष्ठानमा पनि हुने बाटो खुलेको छ । साथै प्रतिष्ठानले उच्च तहको आफ्नै ट्रमा सेन्टर पनि सुरु गर्ने भएकाले कलेजो, मृगौला, प्यांक्रियाजलगायत अंग प्रत्यारोपण केन्द्र नै सञ्चालनका लागि सिनेटले पारित गरेको छ ।’

उनका अनुसार प्रतिष्ठानमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालनका लागि गतवर्ष नै भारतको अहमदाबादस्थित अंग प्रत्यारोपण केन्द्रसँग प्रशिक्षण र जनशक्ति उत्पादनका लागि सम्झौतासमेत भइसकेको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया