Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १४ साउन २०७७ । भारतसँग जोडिएका प्रदेश १ का चार जिल्लाका २० स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । उच्च जोखिममा रहेका स्थानीय तहको सूचीमा प्रदेश सरकार तयार पारेको हो ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता डा. सुरेश मेहताका अनुसार सुनसरी, मोरङ, झापा र इलामका भारतसँग जोडिएका स्थानीय तहलाई कोरोनाको उच्च जोखिममा राखेको हो ।

जसमा झापाको मेचीनगर , भद्रपुर , कचनकवल, झापा गाउँपालिका र गौरीगन्ज सुनसरीको कोसी, भोक्राहा नर्सिङ, हरि नगर, देवानगञ्ज, बर्जू गाउँपालिका सहित मोरङको ६ र इलामको ४ बटा स्थानीय तह रहेका छन् । महतोले उच्च जोखिममा रहेका ती स्थानीय तहमा विशेष सुरक्षा नीतिका साथै परीक्षण सङ्ख्यामा वृद्धि गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया