Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १३ साउन २०७७ । विद्यालय संरचना परिवर्तन हुँदापनि परिवर्तन हुन नसकेको कक्षा–११ को पाठ्यक्रम यसै शैक्षिक वर्षदेखि परिवर्तन हुने भएको छ ।

सोमबार काठमाडौंमा कक्षा–११ को नयाँ पाठ्यक्रम अन्तरक्रिया कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले उक्त कुरा बताउनुभयो ।

कार्यक्रममा प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, पुस्तक प्रकाशकहरुले नयाँ पाठ्यक्रम लागू गराउन तयार रहेको बताएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा–११ र १२ का ७५ ओटा विषयको पाठ्यक्रम तयार भइसकेको र २० ओटा विषयको पाठ्यक्रम तयार गर्दै गरेको जानकारी दिएको छ ।

नयाँ पाठ्यक्रममा मूल्यांकन सुधारका लागि प्रश्नशैली तथा परीक्षा प्रणाली परिवर्तन पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया