Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ८ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १८ हजार १ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २८ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय ४७ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ५६ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुुगेको छ ।
जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, काठमाडौंका ५ महोत्तरीका १, पर्वतका १, ललितपुरका २, कास्कीका २ छन् ।

त्यस्तै स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना रहेका छन् ।

यस्तै, गत २४ घण्टामा पीसीआर ३ हजार ४८१ परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख ३१ हजार ९५ परीक्षणहरु गरिएका छन् ।
यस्तै, क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या ५ हजार ३५८ जना रहेको छ ।

यसैगरी हालसम्म भोजपुर, पाँचथर,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ५ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।

यसैगरी कोरोना का कारण थप एकजनाको मृत्यु भएको छ । प्रवक्ता गौतमले नारायणी अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि भएको औपचारिक रुपमा जानकारी दिए । मंगलबार साँझ मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । मृतक वीरगन्ज माइस्थानका ७० वर्षीय पुरुष छन् ।

एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार नारायणीमा भर्ना गरिएको थियो ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

तपाईको प्रतिक्रिया