Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

सुनसरी, ५ साउन २०७७ । एक वर्षदेखि रिक्त रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार पदमा प्रा।डा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । रेग्मी प्रतिष्ठानकै स्त्री तथा प्रसूति रोग विभागका विभागीय प्रमुख पनि हुन् ।

प्रतिष्ठानका उपकुलपति प्रा।डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतबार प्रा.डा रेग्मीलाई रजिस्ट्रार पदमा नियुक्त गरेका हुन् । प्रतिष्ठानमा पहिलोपटक चिकित्सा क्षेत्रकै र प्रतिष्ठानभित्रबाटै रजिस्ट्रार नियुक्त भएको हो ।

बाग्लुङको बलेवा पैयुङपाट–१ मा जन्मेका प्रा.डा रेग्मी सन् २०११ मा ताईवानमा यङ गाइनोकोलोजिकल अवार्ड, सन् २०१२ मा जर्मनमा इन्टरनेसनल कन्टिनेन्ट सोसाइटी अवार्ड लगायत पुरस्कार पाउने युवा चिकित्सक हुन् । उनी ‘फिस्टुला–फ्रि नेपाल’का संस्थापक समेत हुन् ।

पछिल्लो समय महिलामा हुने फिस्टुला र आङ खस्ने समस्यामाथि काम गर्दै आएका रेग्मी १८ वर्षदेखि प्रतिष्ठानमा स्त्री तथा प्रसूति विभागमा कार्यरत छन् । सन् २००९ देखि उनले प्रतिष्ठानमा फिस्टुलाको संस्थागत रुपमा निस्शुल्क शल्यक्रिया गराउँदै आएका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया