Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, १३ असार २०७७ । बुद्धशान्ति गाउँपालिकाको बर्ने चिया बगानको बिचमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बुद्धशान्ति ४ स्थित वर्ने छेउको राजमार्गबाट करिब ३०० मिटर पूर्व चिया बगानको बिचमा एक महिलाको वेवारिसे शव भेटिएको हो । सुरुमा स्थानीय केटाकेटीले सो देखेपछि अभिभावकलाई खबर गरेर प्रहरी बोलाएको बताइएको छ ।

लाशको प्रकृति हेर्दा हत्यानै भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ । शवको वरिपरी केही मादक पदार्थ, चाउचाउ र छाता समेत भेटिएको थियो भने मुख बन्द गरिएको अवस्थामा शव भेटिएको थियो । हालसम्म सो शवको पहिचान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया