Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

चितवन, १३ असार २०७७ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखि उपचार गरिंँदै आएको थियो ।

उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका ५० वर्षीय उनी उपचारका शिलशिलामा भारत गएका थिए ।

क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्किएर आउने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो ।

भरतपुर कोभिड-१९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया