Online Bichar
बुधबार, कार्तिक २६, २०८३ | Wednesday, November 11, 2026

काठमाडौं, ८ असार २०७७ । आज काठमाडौं उपत्यकालगायत देशभर हल्का तथा मध्यम वर्षा भइरहेको छ । गएरातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ ।

सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दिया र आसपास मध्यम तथा भारी बर्षा भईरहेकोले उक्त जिल्ला भई बहने साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा भारी वर्षा हुनेछ ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको समेत संभावना रहेकाले सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments