Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरादह, ६ असार २०७७ । गौरादह नगरपालिका वडा नं.७ ग्वालडुब्बामा निर्माण भइरहेको सामुदायिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।दुर्गा सामुदायिक भवनको नामाकरण गरिएको भवन गत वर्षको साउन महिनाबाट निर्माण कार्य सुरु गरिएको थियो। यस आर्थिक वर्षको असार ३ गते सम्ममा निर्माणकार्य सम्पन्न गर्ने सम्झौतामा उल्लेख भएको थियो।

सामुदायीक भवन निर्माण गर्न ठेक्का पाएको गरिमा निर्माण सेवा भद्रपुरले द्रुतगतिमा काम गर्दा एक बर्षको अवधिमा निर्माण कार्य सम्भव भएको हो। ग्वालडुब्बामा सामुदायिक भवन निर्माण गर्न प्रदेश नं.१ को प्रदेश सरकारले विनियोजित गरेको १ करोड १४ लाख ९ हजार ३ सय ६८ रुपैयाँको बजेटबाट भवन निर्माण भएको हो।

भवन निर्माणका लागि गरिमा निर्माण सेवा भद्रपुरले ठेक्का पाएको थियो। ठेक्का सम्झौता अनुसार आर.सि.सि. पिल्लर लगाई टिन छानो भएको ट्वाइलेट बाथरुम सहितको पक्की भवन निर्माण गरिएको ठेकेदार घनश्याम कार्कीले जानकारी गराए। भवन निर्माण कार्य सुरु भएपछि कोरोना भाइरस संक्रमणको त्रास फैलिएकाले निर्माण कार्यमा केही समय समस्या भएको ठेकेदार कार्कीले बताए।

कोरोना भाइरसका कारण लकडाउन भएपनि सामाजिक दुरि कायम गरि समय सिमा अवधिमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको ठेकेदार कार्कीले जानकारी गराए। भवनको सिमेन्ट तथा काठ सम्बन्धि लगभग सम्पुर्ण कार्य सकिएले अब झ्यालमा सिसा लगाउने र दिवालमा रङ लगाउने कार्य बाँकी रहेको कार्कीले बताए।

गौरादह नगरपालिका वडा नं.७ को ग्वालडुब्बा क्षेत्रमा सामुदायिक भवन नहुदा सभा सम्मेलन वा अन्य शुभकार्य गर्न समस्या भएकाले सामुदायिक भवनको आवश्यकता महसुस गरिएको जग्गा दाता जीवन कोइरालाले बताए। सामुदायिक भवन निर्माणका लागि ग्वालडुब्बा क्षेत्रका स्थानीय बासिन्दाले निशुल्क जग्गा उपलब्ध गराएपछि सामुदायिक भवन निर्माण गर्न सहज भएको हो।

तपाईको प्रतिक्रिया