Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

कमल, २ असार । कमलगाउँपालिकामा रहेका सामुदायीक विद्यालयहरुले शैक्षिक सत्र २०७७ का लागि पाठ्यपुस्तक वितरण सुरु गर्न थालेका छन् । सामुदायीक विद्यालयहरुका विद्यार्थीहरुलाई सामाजिक दुरी कायम गरि विद्यार्थीलाई घरमा नै बसेर अध्ययन गर्न भन्दै पुस्तक वितरण गर्न थालिएको हो ।

लकडाउनका कारण पुस्तक अपुरा भएपनि क्रमिक रुपले बाड्दै जाने कुरा ज्योति मावि का प्रधानअध्यापक नगेन्द्र बस्नेतले जानकारी दिनुभयो । वितरणका क्रममा कमल-२ भुत्लुङमा रहेको श्री ज्योती मावि, श्री कमला मदन आश्रित, कमल-१ मा रहेको बाँस्बारी माविले पुस्तक वितरणको कार्यलाई निरन्तरता दिने जनाएको छ ।

यसैक्रममा ज्योति मावि ले असार १ गते कक्षा १ देखि ७ सम्म आलोपालो प्रणालीमा पुस्तक वितरण को कार्य गरिसकेको छ भने, असार २ गते सोहि प्रणालीमा कक्षा ८, ९ र १० को पुस्तक वितरण गरिनेछ । सरकारको निर्देशन अनुसार असार १ गते देखि विद्यालयको प्रशासन खुल्ने र विद्यार्थीलाई आवश्यक परामर्श दिँदै पढाई तर्फ मन बढाउन प्रेरित गर्ने ज्योति मावि का सहायक प्रधानाध्यापक नारायण बस्नेतले बताउनुभयो । लामो समयको लकडाउनले उकुसमुकुस भएका विद्यार्थीहरु पुस्तक पाएसँगै खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया