Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

अनलाइनविचार संवाददाता

गौरादह, १ असार । झापाको गौरादह बजार र डिपुचौकमा रहेका पसलहरुको आज अनुगमन गरिएको छ । अनुगमन टोलीमा झापा जिल्ला समन्वय समिति भद्रपुरको उपप्रमुख मिना पराजुली, घरेलु साना उद्योग कार्यालयको अधिकृत, गौरादह नगरपालिका का उपप्रमुख गिता भेट्वाल, उद्योग वाणिज्य संघ गौरादह का अध्यक्ष जेबी कार्की, उपभोक्ता हित संरक्षण समिति गौरादहका संयोजक दिलिप भण्डारी, जिल्ला समन्वय समितिका सदस्य चन्द्र सुब्बा, इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी नायब निरिक्षक चन्द्र बहादुर न्यौपाने र उद्योग व्यवसायी भरत फुयेल लगायतको टोलीले बजार अनुगमन गरेका छन् ।

स्वास्थ्य र सुरक्षाका मापदण्डलाई पालना गरि व्यापारीहरुले पसल संचालन गरेको छ कि छैन भनि बुझ्ने उद्देश्यले साथै व्यवसायीहरु तथा पसलमा आउने ग्राहकहरुलाई सचेतना जगाउने उद्देश्यले बजार अनुगमन गरिएको गौरादह नगरपालिकाकी उपमेयर गीता भेट्वालले जानकारी दिइन् ।

गौरादह नगरपालिका र उद्योग वाणिज्य संघ ले संयुक्त रुपमा हस्ताक्षर गरि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बजार खोल्ने निर्णय गरेको भएतापनि थोरै समयमा बजार अत्याधिक मात्रामा भिंडभाड हुने भएकोले बिहान ८ बजेदेखि साँझ सम्म सामाजिक दुरी कायम गर्दै पसल खोल्न दिइएको उद्योग बाणिज्य संघका अध्यक्ष जेबी कार्कीले जानकारी दिए । अनुगमनमा व्यवसायीहरुले लकडाउनको पालना गरेको छ की छैन, मास्क, स्यानीटाइजर प्रयोग गरेको छ कि छैन जस्ता लगायतको अनुगमन गरिएको थियो ।

बजार अनुगमन गर्दा केही व्यवसायीहरुले लकडाउनको पालना गरिएको पाइएको र केही व्यवसायीहरुले लकडाउनको अवज्ञा गरेको पाइएको र उनिहरुलाई सचेतना जगाउनुका साथै सुझाव दिइएको छ । बजार अनुगमन गर्ने क्रममा व्यवसायीहरुले साथ दिनुको साटो पसल बन्द गरेर राखेको उपप्रमुख गिता भेट्वालले बताइन् ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया