Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ३२ जेठ । भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने पूर्ण विवरण आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा छिचौरे प्रदर्शनमा आएको थियो । श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको मानिएको थियो ।

सुशान्तको रीया कपुरसँग प्रेम सम्बन्ध रहेको बताइएको थियो । केही पापराजीहरुले उनीहरु शहरमा घुम्दै गरेका बेला फोटो समेत लिएका थिए । टीभी शोबाट निकै चर्चामा आएका उनी सिनेमामा फड्किएका थिए ।

उनले डेब्यू गरेको सिनेमा कई पो चे थियो । उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो । पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बलिउडले यसै वर्ष इरफान खान र ऋषि कपुर जस्ता अब्बल कलाकारलाई गुमाएको थियो ।

तपाईको प्रतिक्रिया