Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, ३२ जेठ । सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय समितिको बैठक फेरि स्थगित गरिएको छ । बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बैठक डाकिए पनि अन्तिम क्षणमा आएर स्थगित गरिएको हो । महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

आइतबार अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र महासचिव पौडेलबीचको परामर्शबाट बैठक स्थगित गरिएको हो । दुवै अध्यक्ष र महासचिवको परामर्शमा बोलाइएको बैठक आकस्मिक काम परेकाले परामर्शबाटै स्थगित गरिएको पौडेलको भनाइ छ ।

बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बोलाइएको थियो । एमसीसीकै बारेमा छलफल गर्न बोलाइएको सचिवालय बैठक दुई पटक स्थगित भइसकेको छ ।

प्रधानमन्त्री ओलीसहितका केही नेता एमसीसी पारित गर्नुपर्ने पक्षमा उभिँदा सचिवालयका बहुसंख्यक नेता भने यसका विरुद्धमा छन् ।

तपाईको प्रतिक्रिया