Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ३१ जेठ । झापामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नियमित प्रेस मिटका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले झापामा पाँच जनामा कोरोना संक्रमण भेटिएको पुष्टी गरेका छन् । थप पाँच जनामा कोरोना सङ्क्रमित पुष्टि भएसँगै १५ वटामध्ये १४ वटा स्थानीय तहमा कोरोनाका बिरामी भेटिएका हुन् । बिर्तामोडबाहेक झापाका सबै स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् ।

शनिवार जिल्लाको गौरीगञ्ज गाउँपालिकामा तीन जना, शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकामा एक/एक जना कोरोना सङ्क्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । शिवसताक्षीमा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएको हो । शिवसताक्षीमा पुष्टि भएका सङ्क्रमित महिला हुन् जो शिवसताक्षी वडा नम्बर-११ बस्ने ५७ वर्षीय महिला भारतबाट आएका हुन् । भारतबाट आएका उनलाई झरना प्राविको क्वारेन्टाइनमा राखिएको र त्यहीबाट स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो । त्यसैगरी बाह्रदशी वडा नम्बर-१ बस्ने २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भारतबाट आएका उनलाई पशुपति माविको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यस्तै गौरीगञ्जमा पुष्टि भएका तीनै जना भारतको लुधियानाबाट आएका हुन् । गौरीगञ्ज वडा नम्बर५ स्थित चिल्लाहारा बस्ने २६, २४ र १७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । खजुरगाछी माविको क्वारेन्टाइनमा बसेका उनीहरूसहित ४१ जनाको स्वाब सङ्कलन गरी विराटनगर पठाइएको थियो । त्यसमध्ये तीन जनामा कोरोना पोजेटिभ आएको हो ।

योसँगै झापामा सङ्क्रमितको सङ्ख्या १७४ पुगेको छ । त्यसमध्ये १०३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

झापामा हालसम्म कचनकवलमा १२७, गौरीगञ्ज गाउँपालिकामा १५, बाह्रदशीमा ७ जना, बुद्धशान्तिमा पाँच जना, गौरादह नगरपालिकामा चार, कनकाईमा तीन, भद्रपुरमा तीन जना, अर्जुनधारामा दुई, दमक नगरपालिकामा एक जना, हल्दिबारीमा दूई, मेचीनगरमा दुई, झापा गाउँपालिकामा एक जना, कमल गाउँपालिकामा एक जना कोरोना पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया