Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, २४ जेठ । गौरादह नगरपालिका वडा नं.२ को नवनिर्मित स्वास्थ्य चौकी भवन परिषरमा वृक्षारोपण गरिएको छ। सामाजमा हुने गरेका बिकृती र बिसंगती बिरुद्ध सकरात्मक सन्देश दिंदै आएको गौरादह जेसिजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको हो।

गौरादह जेसिजले वातावरण सफा सुन्दर र हाराभारा बनाउने उदेश्यले स्वास्थ्य चौकी प्राङ्गणमा पाउलोनिया,एरिकापाम र मसला जातका बिरुवा रोपेको छ।गौरादह जेसिजको आयोजनामा गरिएको वृक्षरोपण कार्यक्रममा ५० वटा पाउलिनियो,१० वटा मसला र २ वटा एरिकापाम जातका बिरुवा रोपिएको हो।

फाइकस बायोटेक प्रा.लि.का डाइरेक्टर तथा गौरादह जेसिजका उपाध्यक्ष दुर्लभ कार्कीले ५० वटा पाउलिनियोका बिरुवा सौजन्य गरेका थिए। त्यस अवसरमा जेसिजले कार्यक्रममा सहभागीहरुलाई मास्क बितरण गरेका थिए। वडा नं.२ का वडाध्यक्ष तथा वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि हेमन्त कार्कीले समाज रुपान्तरण कार्यमा सहयोग गर्दै आएको गौरादह जेसिजले वडा नं.२ को नवनिर्मित स्वास्थ्य चौकी भवन प्राङ्गणमा विभिन्न जातका बिरुवा रोपेर वातावरण सरसफाइमा सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गरेका छन।वृक्षारोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा सामुहिक रुपमा जेसिज आस्था बाचन गरेका थिए।

वृक्षारोपण कार्यक्रममा वडा नं.२ का वडा सदस्यहरु उत्तम बस्नेत, बिजय कन्दङवा,स्वास्थ्य चौकी निर्माण स्थलका जग्गा दाता भोला पोख्रेल र धर्म अधिकारी,स्वास्थ्य चौकी भवन निर्माणका अध्यक्ष दोर्ण पोख्रेल,समाज सेवी दिपक खड्का लगायत स्थानीय बासिहरुको उपस्थिति रहेको थियो।गौरादह जेसिजका अध्यक्ष तारा कुमार श्रेष्ठले कोरोना भाइरस संक्रमणको विषम परिस्थितिमा जेसिजले वातावरण दिवसको अवसरमा सामाजिक दुरी कायम गर्दै वृक्षारोपण कार्यक्रम संचालन गरेको बताए।गौरादह जेसिज महासचिव प्रकाश भट्टराईले कार्यक्रमको संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया