Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा , २१ जेठ । झापामा ट्रयाक्टरबाट लडेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक गौरीगञ्ज गाउँपालिका बस्ने २७ वर्षीय जितु राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गौरादह नगरपालिका १ जनता मावि नजिकै बिग्रिएको मे १ त १९३२ नम्बरको ट्रयाक्टरलाई मे १ त ४१६१ नम्बरको ट्रयाक्टरले तानेर ल्याउने क्रममा मे १ त १९३२ नम्बरको ट्रयाक्टर चालक सिटबाट झर्ने क्रममा सोही ट्रयाक्टरको चक्काले किच्दा चालक राजवंशी घाइते भएका थिए ।

घाइते चालकलाई उपचारका लागि दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । यता प्रहरीले दुवै ट्रयाक्टर र मे १ त ४१६१ नम्बरको ट्रयाक्टरको चालक विश्व मल्लिक नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया