Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

देविप्रसाद घिमिरे
१८ जेठ २०७७ । निर्माण मजदुरहरुको गौरवपूर्ण इतिहाँस बोकेको क्युपेक नेपालको स्थापना (CUPPEC NEPAL ) २४ बर्ष अघि २०५४ साल जेठ १८ गते अजकै दिन भएको थियो ।

निर्माणको महान कार्यमा अहोरात्र सक्रिय सम्पूर्ण मजदुर साथीहरुमा तथा युनियनको स्थापनामा र विकासमा उल्लेख्य योगदान गर्नुहुने अग्रज नेतृत्वहरु प्रति २४ औं स्थापना दिवशको आजको विशेष दिनमा स्मरण गर्दै हार्दिक सम्मान ब्यक्त गर्दछु ।

२४ औं स्थापना दिवसको अवसरमा वृक्षरोपण र दिप प्रज्जलन गरि आफ्नो आफ्नो ठाउँबाट मनाउन निर्माण मजदुर युनियनको छाता मुनि बस्ने सम्पूर्ण मजदुर साथीहरूमा र सम्पूर्ण माहानुभावहरुमा आग्रह गर्दै कोरोना भाइरसबाट आफू पनि बचौं र बचाऔं भन्ने कामनाको साथ स्थापना दिवसको पावन अवसरमा सम्पूर्णमा शुभकामना ब्याक्त गर्दछ ु।
यो युनियन ३ वटा युनियनको एकताबाट बनेको हो । नेस्वपेमयु, नेस्वाबिमयु, नेप्लस्वमयु र नेस्वनिमयु ( पेन्टर, बिजुलि,प्लम्वर र निर्माण मजदुर) युनियनहरूको एकिकरणबाट क्युपेकको स्थापना भएको हो ।

यो युनियन हाल देशको ७० जिल्लामा फैलिएको छ । अन्तरास्ट्रिय निर्माण महासंघ बिडब्लुआईको सन् २००० देखि सदस्य रहेको छ । देश भरि एक लाख ७० हजार ७ सय ११ जना सदस्य रहेका छन । देश भरि २० वटा आफ्नै कार्यलय भवन रहेका छन् ।

क्युपेक नेपालले उठाएका मुख्य मुदाहरू ज्याला पारिश्रमिकमा बृदि, बालश्रमिक न्युनिकरण, दु्र्घघटना बिमा, सामाजिक सुरक्षा, लैगिक बिभेदको अन्त्य, प्रवासी श्रमिकहरूका अधिकार र सहयोग, मजदुर पञ्जिकरण, मजदुरका राजनैतिक, आर्थिक,सामाजिक अधिकारको जागरण तथा चेतना बृदि र ब्यक्तिगत तथा सामुहिक समस्यामा सहयोग आदि रहेका छन् ।
हालको मुख्य मुद्धा
राहत भन्दा कामगर्ने वातावरण बनाऔं …..

स्थानिय सरकारले गर्ने विकास निर्माणका कामगर्ने मजदुरहरूलाई भोटको आधारमा होईन पसिनाको आधारमा आवस्यक राहत प्याकेज वा सहज रोजगारिको लागि वातावरण बनाउनु नै उपयुक्त हुन्छ । राहत बितरण भन्दा निर्माणको पूर्ण स्वास्थ्य सुरक्षाका साथ काम गराउने वातावरण श्रृजना गर्नु नै देश तथा मजदुरहरूको हित हुने अवस्था देखिन्छ ।
त्यसकालागि निम्न काम गर्नु पर्दछ

१. नगरपालिका तथा गाउपालिकामा भईरहेका निमार्ण स्थलहरूमा हरेक हप्ता स्वास्थ्य जाचको व्यवस्था गरि काम गरिखाने मजदुरहरूलाई काम गर्न दिने ।
२. कार्यस्थल वा त्यसको आसपासमा खाध्यन्न पसलको ब्यवस्था गरिदिने ताकी मजदुरहरूलाई सरल आपुर्ति होस ।
३. काम गर्ने स्थानमा सामाजिक दुरी कायम गराउने ।
४. कुनै पनि सहरमा निर्माण हुने ब्यक्तिगत भवनहरूमा काम गर्न आउने नया मजदुरहरूको अनिवार्र्य स्वास्थ जाँच गर्ने ब्यावस्था गर्ने ।
५. उपत्यका भित्र काम गराउने उभोक्ताहरूको समेत स्वाथ्य परीक्षणलाई अनिवार्य गराउने ब्यवस्था गर्ने ।
६.कार्य स्थल सम्म जान र आउन पास अथवा अन्य कुनै सहज वातावरण को ब्यबस्था गरिदिने ।
७. निर्माण सामाग्रीहरूको सहज आपुर्तिको ब्यावस्था मिलाउने ।

मजदुर नै देश विकासका मेरुदण्ड हुन् । श्रम र श्रमिकको उचित सम्मान तथा सम्बोधन हुनसकेमा मात्र देशमा वास्तविक परिवर्तको अनुभुत हुनेछ । तसर्थ सम्पूर्ण राजनीतिक दल तथा सरकारले श्रमजीवि मजदुर मैत्री वातावरण बनाउने तर्फ ध्यान दिन आवस्यक छ ।
लेखक क्युपेकमा आबद्ध मजदुर नेता हुन् ।

तपाईको प्रतिक्रिया