Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरीगन्ज, १२ जेठ । गौरीगंज गाउँपालिका भित्रका सबै वडामा क्वारेन्टाइन स्थापना गरि हाल संचालनमा आएका क्वारेन्टाइनलाई सुरक्षीत र व्यवस्थित बनाउनु पर्ने स्थानीयले माग गरेका छन। गौरीगंज बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनलाई थप व्यवस्थित र सुरक्षित बनाइनु पर्ने गौरीगंज गाउँपालिका वडा नं.३ का स्थानीयबासिले माग गरेका हुन।

भारतीय क्षेत्रमा रोजगारीका लागि गएका नेपालीहरु घर फर्कने क्रम बढिरहेकाले उनीहरुलाई सुरक्षित तवरले व्यवस्थापन गर्न प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न आवश्यक रहेको बताएका थिए।

गाउँपालिका भित्रका सबै वडामा क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने, सिमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुलाई सुरक्षित तवरले होल्डिङ्ग क्षेत्रबाट क्वारेन्टाइनसम्म ल्याउनु पर्ने र क्वारेन्टाइनका कोठामा सामाजिक दुरी कायम रहने गरि राखिनु पर्ने लगायतका मागहरू वडा नं. ३ का वडा अध्यक्ष मखना महतो समक्ष राखेका थिए। स्थानियहरूले राखेको माग समय र परिस्थिति अनुरुप जायज भएको बताउदै त्यस विषयमा छलफल गरि आवश्यक व्यवस्था मिलाउने अध्यक्ष महत्तोले बताए।

गाउँपालिकाले हाल सम्म दुई स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ।भारतबाट घर फर्किएका नेपालीहरूलाई सिमाक्षेत्रबाट क्वारेन्टाइन सम्म सुरक्षित तवरले पुर्याउन स्थानिय सरकारको ध्यान जान नसकेको स्थानिय डम्बर बहादुर बस्नेतले बताए। एक दुई वटा क्वारेन्टाइन गाउँपालिका भित्र स्थापना गरि खचाखच रुपमा मानिसलाई नराखि प्रत्येक वडामा क्वारेन्टाइनको स्थापना गरेर उनीहरूलाई क्वारेन्टाइनसम्म सवारी साधनको व्यवस्थापन गरि सुरक्षित तवरले लैजान सके मात्र कोरोनाको जोखिमबाट वचन सकिने बस्नेतले बताए।

छिमेकी राष्ट्र भारतमा लकडाउन खुकुलो बनाएपछि नेपाल फर्किनेहरुलाई सहज भएसंगै कोरोनाको जोखिम पनि बढिरहेको बताएका थिए। भारतसँग सीमा जोडिएको गौरीगन्ज १ कुन्जीबारी र भारतको किसनगञ्ज जिल्ला अन्तर्गत सिङिमारी ग्राम पञ्चायतको डाकुपाडाको बिच लगायत ३ स्थानमा होल्डिङ्ग सेन्टरको व्यवस्था गौरीगंज गाउँपालिकाले गरेको छ।भारतबाट नेपाल फर्किने नेपालीहरुका लागि होल्डिङ सेन्टर स्थापना गरिएका तीन स्थानहरूमा सामान्य खाजा,सेनिटाइजर,मास्क आदिको ब्यवस्था समेत नभएको स्थानीयहरुले गुनासो गरेका छन।
नेपाल आईसकेका नागरिकहरुलाई ब्यवस्थित तरिकाले क्वारेन्टाइन सम्म पुर्याउने सवारी साधनको ब्यवस्था गरिनु पर्ने बताएका छन।गाउँपालिकाको बैठकले यस अघि गाउँपालिका अन्तर्गतका भारत संग सीमा जोडिएका ३ स्थानलाई भारतबाट नेपाली भित्र्याउन नाकाका रूपमा लिदै ती नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो। गौरीगन्ज १ का स्थानीय दिपक श्रेष्ठले नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ब्यवस्थित नगरिदा कोरोना संक्रमणको जोखिम बढेको गुनासो गरे ।सीमामा सुरक्षीत तवरबाट होल्डिङ सेन्टर स्थापना गरि क्वारेन्टाइन सम्म उनीहरुलाई पुर्याउने ब्यवस्थापन गर्नुपर्नेमा स्थानीय सरकारको ध्यान जानु पर्ने बताएका छन।

तपाईको प्रतिक्रिया